प्रेस रजिस्ट्रार भण्डारीले लिइन् सपथ
पाेखरा | भदौ ३१, २०८१
पोखरा: गण्डकी प्रदेशमा नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सपथ लिएकी छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई सोमबार सपथ खुवाएका हुन् ।
भण्डारीलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्ट्रारमा नियुक्त गरेको थियो ।
गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गर्ने व्यवस्था छ ।
भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् ।
गण्डकी प्रदेश सरकारले आमसञ्चार सम्बन्धी व्यवस्था गर्नेबारेको कानुन निर्माण गरेपछि सोही कानुनको व्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्ति गरेको हो । प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ ।
प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

