पोखरामा सम्झिइए, मगर संघको संस्थापक अध्यक्ष ‘हेमबहादुर’

स्व. हेमबहादुरको राष्ट्रका लागि योगदान: उपसभामुख थापा

पाेखरा | भदौ ३१, २०८१

पोखरामा सम्झिइए, मगर संघको संस्थापक अध्यक्ष ‘हेमबहादुर’

पोखरा:   नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस पोखरामा पनि मनाइएको छ । 

 

हेमबहादुर पुन स्मृति प्रतिष्ठा–नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा मगरका संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस मनाएको हो । 

 

स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवसको अवसरमा बोल्दै गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले स्व.हेमबहादुर पुनमगरले देशका लागि महत्वपूर्ण योगदान पु¥याएको बताइन् । 

 

‘बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षक सम्म हुनुभएका स्व. हेमबहादुर पुनमगरले राष्ट्र र देशका लागि महत्वपूर्ण योगदान दिनुभएको छ’, उपसभामुख थापाले भनिन्, ‘मगर  समुदाय र पिछडिएका वर्गको उत्थानका लागि नै उनले जागिर छोडेर तत्कालिन समयमा आन्दोलन होमिए जसको कारण आज हामी यो स्थानमा पुग्न सकेका छौं ।’

 

उपसभामुख थापाले स्व. हेमबहादुर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध भएर अगाडि बढाउन मगर संघको स्थापना गरेको बताए । 

 

‘स्व. हेमबहादर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध बनाउन २०३८ सालमा लाङघाली परिवार संघको स्थापना गर्नुभयो’, उनले भनिन् ‘मगरहरुको हकहित र सामाजिक परिवर्तनमा काम गर्दै आएको लाङघाली परिवार संघलाई मगर संघमा रुपान्तरण गरिएको छ जसको नेतृत्व समेत उहाँले नै गर्नुभयो जसको कारण हामी मगर जातिलाई फुटाउन केही तत्वहरु लागेका छन् जसबाट हामी बच्नु पर्छ ।’

 

कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका संरक्षक, नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरका छोरा एवम् पूर्व मन्त्री उत्तमबहादुर पुनमगरले सामाजिक कार्यमा अग्रसर हुन स्मृति प्रतिष्ठान खोलिएको बताए । 

 

‘अहिले देशमा धेरै नेता तथा व्यक्तिहरुको नाममा स्मृति प्रतिष्ठान स्थापना भएका छन्, यसैको शिलशिलामा हामीले पनि मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादर पुनको नाममा प्रतिष्ठान स्थापना गरिसकेका छौं, पुनमगरले भने, ‘सामाजिक कार्यक्रममा अग्रसर हुन र सम्पूर्ण मगर समुदायलाई एकतावद्ध बनाएर अगाडि बढाउन प्रतिष्ठान स्थापना गरेका छौं ।’

 

उनले पुनमगर र पुन जाति भनेर अलग हुन खोजको भन्दै जाति टुक्रिदा समुदाय नै कमजोर भएर जाने भकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत सुझाब दिए । 

 

यस्तै नेपाल मगर संघका केन्द्रीय समितिका सल्लाहकार बालसिंह काउछामगरले स्व. हेमबहादर पुन प्रतिष्ठानलाई राज्यले सहयोग गर्न आवश्यक रहेको बताए । 

 

‘स्व. हेमबहादुर पुनको योगदानलाई राज्यले उचित न्याय गर्नुपर्छ, हिजोका दिन बेलायत आर्मी र नेपाल पुलिसको जागिरबाट अवकाश लिइसकेपछि राणा शासन देखि जनताको हकअधिकारका लागि लडेका हुन् राज्यले सम्मान गर्नुपर्छ’, काउछामगरले भने । 

 

अर्का वक्ता नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव एवम् अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल मगर संघका केन्द्रिय सल्लाहकार एवम् नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष हर्कबहादुर पहरेपुनमगर र नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारामाया थापामगर लगायतले बोलेका थिए । 

 

कार्यक्रममा स्व. हेमबहादुर पुनमगरको योगदान र जिवनीसँग सम्बन्धित पुस्तक ‘ज्यूँदो इतिहास’ लेखक बालकृष्ण काउछा मगरलाई सम्मान गरिएको थियो । यस्तै हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालका महासचिव  मेकबहादुर पुनमगरले स्व. हेमबहादुर पुनमगरको जीवनी प्रस्तुत गरे । 

 

कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका अध्यक्ष संगिता पुनमगरको अध्यक्षता, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो । 


 

काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।   प्रधानम...

थप पढ्नुहोस्

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।   मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जै...

थप पढ्नुहोस्

धरान:    यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।   अभिभावकको मागसँगै...

थप पढ्नुहोस्