पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध

लमजुङ | भदौ ३०, २०८१

पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध

लमजुङ:     अविरल वर्षापछि पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । 


आज साँझ यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदीपुरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले पानी परिरहेको र सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरोले सडक अवरुद्ध भएको बताउनुभयो । 


सोही स्थानमा रहेको उदीपुर बजारको बीच भागबाट बग्ने ठाडो खोलामा समेत ढुङ्गा माटोसहितको बाढी आउँदा यात्रुहरु गन्तव्यतर्फ जान नसकेका उहाँको भनाइ छ । 


यात्रु तथा बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कोषाध्यक्ष नन्दलाल श्रेष्ठले पहिरोले बाटोमै अलपत्र परेको बताउनुभयो । “पानी परिरहेको छ, पहिरो गएको स्थान पनि जोखिमपूर्ण स्थानमा रहेकाले यात्रुहरू थप समस्यामा छौँ”, उहाँले भन्नुभयो ।  
 

यस सडक हुँदै बेँसीसहरबाट तनहुँ, काठमाडौँ, पोखरालगायत स्थानमा जाने र आउने गरिन्छ ।

पोखरा:  पोखरामा केही दिन यता फोहोर उठ्न नसकेपछि महानगरपालिकाले आज एक सूचना जारी गर्दै फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा केही व्यवधान उत्पन्न भएको जनाएको छ ।  पोखरामा केही दिन यता नियमित फो...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ ।  पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखराद...

थप पढ्नुहोस्

पोखरा:  पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ । मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल ख...

थप पढ्नुहोस्