पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

पाेखरा | भदौ ३०, २०८१

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । कार्कीले १३ सय ३९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ८ सय ५१ मत प्राप्त गरे ।


अध्यक्षमा बिजयी कार्की यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए । पोखरेल भने अघिल्लो अधिवेशनमा पनि अध्यक्षमा पराजित भएका थिए ।


संघको पदाधिकारीमा यसअघिनै ४ जना निर्विरोध भएका थिए । निर्विरोध हुनेमा वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ छन । उनीहरु सबै अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानलका थिए । 


कर्पोरेट सदस्यमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल पनि निर्विरोध भएका थिए । उपमहासचिवमा भने बालकृष्ण कोइरालालाई हराउँदै सुदीप प्रधानांगले जित हासिल गरेका छन ।


प्रत्यक्ष निर्वाचित हुने १० जना कार्यसमिति सदस्यका लागि १४ जना उम्मेदवार रहेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्