बागलुङमा जीप दुर्घटनाप्रति स्वास्थ्यमन्त्री पाठकद्वारा शोक व्यक्त

पाेखरा | भदौ २८, २०८१

बागलुङमा जीप दुर्घटनाप्रति स्वास्थ्यमन्त्री पाठकद्वारा शोक व्यक्त

पोखरा:    बागलुङको गल्कोट नगरपालिका वडा नं २ नरेठाँटीको भुङ्खानी भन्ने स्थानमा आज बिहान भएको जीप दुर्घटनाप्रति गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शोक व्यक्त गरेका छन् ।


एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री पाठकले तीन जनाको दुःखद निधन भएको र एक जना घाइते भएको खबरले स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।


उनले भनेका छन् – ‘उक्त दुर्घटनाबाट ज्यान गुमाउनुभएका गाउँपालिका उपाध्यक्षसहित ३ जना मृतकप्रति भावपूर्ण श्रदान्जली व्यक्त गर्दछु । यस दुःखद घटनामा परी परिवारका सदस्यको निधनबाट शोकमा पर्नुभएका आफन्तजनहरुप्रति हार्दिक समावेदना प्रकट गर्दछु । साथै, यस दुर्घटनावाट घाइते हुनुहुने वर्ष २९ का सवारी चालक प्रेमवहादुर पुनको हाल धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेकोमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’


उनले यस दुःखद घटनामा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तर्फवाट आवस्यक सहयोग र सहकार्यको लागी प्रतिवद्दतासहित सम्पूर्ण सरोकारवाला निकायमा आवश्यक सहयोगको लागि अपिल पनि गरेका छन् ।

 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्