फार्मेसीबाट ड्रग्स बेचेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

पाेखरा | भदौ २७, २०८१

फार्मेसीबाट ड्रग्स बेचेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

पोखरा:    कास्की प्रहरीले फार्मेसीबाट ड्रग्स विक्री गरेको आरोपमा रास्वपाका पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

 

यसअघि लागुऔषध कसुरमा पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका ७ स्थायी घर भई हाल पोखरा ४ नालामुख बस्ने ४२ वर्षीय प्रकाश थापामगरले लागूऔषध TRUPAIN (Tapentadol) ९७ चक्की पोखरा महानगरपालिका ९ लखनचोकस्थित दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए । 

 

त्यसपछि प्रहरीले उक्त फार्मेसीका सञ्चालकसमेत रहेका ढाकाकुमारविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ (पुर्जी) अनुमति लिएको थियो ।

 

सोही आधारमा रास्वपाबाट सांसदसमेत बनेको डाक्टर श्रेष्ठलाई आज पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए । 

 

उनका अनुसार पक्राउ परेको श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाइएको छ ।


 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्