ड्रग्ससहित लामाचौरकी सन्तु घर्तीमगर पक्राउ
पाेखरा | भदौ २७, २०८१
पोखरा: कास्की प्रहरीले ड्रग्ससहित लामाचौरबाट एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर जिमिरे बस्ने २८ वर्षीया सन्तु घर्ति मगर रहेकी छिन् ।
प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध बुप्रिनर्फिन १२७ एम्पुल, डाईजापाम १२७ एम्पुल, फेनरागन १२७ एम्पुल गरी जम्मा ३८१ (तिन सय एकासी) एम्पुल र नाइट्रोभ्याट १० लेखेको ८ चक्की बरामद गरिएको हो ।
कास्की प्रहरीलाई लामाचौरमा लागूऔषध विक्री वितरण भइरहेको भन्ने सूचना पुगेको थियो ।
सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल आइसिसी महिला टि ट्वान्टी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ। १ सय २३ रनको लक्ष्य थाइल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। थाइल्याण्डका लागि...
काठमाडौं: विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य रु। दु...
काठमाडौं: नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेको हो । नेता प...

