पोखरामा आफ्नै श्रीमतीको हत्या आरोपमा कुँवर पक्राउ
पाेखरा | भदौ २६, २०८१
पाेखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ८ बगालेटोलमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४२ वर्षीय जहर कुँवर रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई पोखरा–८ बगालेटोल बस्ने अन्दाजी ४२ वर्षीय कुँवरले अन्दाजी ४० वर्षीया राधिका कुँवरलाई धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा हत्याको कारण भने घरायसी विवाद देखिएको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीले हत्या आरोपी कुँवरलाई नियन्त्रणमा लिई लैजाने क्रममा स्थानीयहरुले कुटपिटको प्रयास गरेका थिए ।
उनीहरुको एक छोरा रहेको प्रहरीले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

