लामाचौर महोत्सव भव्य, लामाचौर कप भलिबल पुरुषतर्फको फाइनल भोलि

पाेखरा | भदौ २१, २०८१

लामाचौर महोत्सव भव्य, लामाचौर कप भलिबल पुरुषतर्फको फाइनल भोलि

पोखरा:   तीज अवसरमा नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको २६ औं संस्करणको लामाचौर तीज महोत्सव भव्यरुपमा सम्पन्न भएको छ ।


संस्थाको २८ औं वार्षिक समारोहबीच लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा तीन दिनसम्म भएको महोत्सवको अन्तिम दिन शुक्रबार हजारौं दर्शकको भीड लागेको थियो । महिलाहरुको महान् पर्व हरितालिका तीज पनि भएको शुक्रबार गाउँगाउँबाट मानिसहरु महोत्सवस्थलमा ओइरिएको आयोजकले जनाएको छ ।


राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिए ।


२० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।


अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल प्रथम भएको छ । प्रगति इङ्लिस बोर्डिङ दोस्रो तथा सरस्वती विद्याश्रम तेस्रो भयो । रिभरडेल बोर्डिङ, बेसलाइन एकेडेमी र अल्फा इङ्लिस बोर्डिङ स्कुल सान्त्वना भए । गुरुकुल विद्यासदनले उत्कृष्ट भेषभूषाको पुरस्कार जितेको छ । 


लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः ४०, २५, १५ र ५ हजार पाए । उत्कृष्ट भेषभूषा प्रस्तुत गर्ने गुरुकुलले ५ हजार जितेको प्रचार संयोजक दिनेश भण्डारीले बताए । महोत्सवमा राखिएका औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलमा पनि किनमेलको उस्तै भीड थियो । आयोजकले तीजसँग सम्बन्धित विभिन्न गतिविधि गर्ने भएकोले दर्शकको आकर्षण बढेको आयोजकको दाबी छ ।


आयोजकले ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुलीलगायतलाई उतारेको हो ।


यस्तै, शिक्षा, युवा उद्यमशीलता विकास र खेलकुद क्षेत्रमा योगदान दिनेलाई सम्मानित भए । सम्मानित हुनेमा सामुदायिक विद्यालयको विकासमा अतुलनीय योगदान दिएकोमा मिलन केसी (शिक्षातर्फ), कञ्चन क्यापिटलका संचालक विमल गुमाजू (युवा उद्यमशीलतातर्फ) र महिला राष्ट्रिय भलिबल टिम कप्तान अरुणा शाही (खेलकुदतर्फ) छन् । उनीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापालगायतले सम्मानित गरे ।


समापन समारोहमा स्वागत प्रथम उपाध्यक्ष एवं प्रचार संयोजक दिनेश भण्डारीले गरे । संचालन सचिव हरिबहादुर थापा र सहसचिव शोभा बानियाँले गरे । अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए ।


महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता थियो । महिलातर्फ न्यू डायमण्डलाई ३–१ सेटमा हराउँदै एफिएफले उपाधि जितेको छ ।


पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । महिलातर्फ विजेताले १ लाख ५० हजार, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । 


एपिएफकी जस्ना महतो बेस्ट सेटर, कविता भट्ट सर्भर, यमुना बराइली डिफेन्डर बने । डायमण्डकी सुमित्रा रेग्मी ब्लकर र सलिना बुढामगर स्पाइकर घोषित भए । एपिएफकी पुजा चौधरीले मस्ट भ्यालुयबल प्लेयरको उपाधि चुमिन् ।


पुरुषतर्फ भोलि ११ बजे फाइनल हुने 


पुरुषतर्फ विभागीय एपिएफल र नेपाल पुलिसबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो । शनिबार बिहान ११ बजे उक्त खेल हुनेछ । 


यस्तै पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमै हराउँदै तेस्रो स्थान हासिल गरेको छ । यस अघि लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३–२ सेटमा हराएको थियो । गलकोटले २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ५० हजार एक सय ११ रुपैयाँ प्राप्त ग¥यो । 
 

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्