गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

रसुवा | भदौ ५, २०८१

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लागेको मेला भरेर फर्किने क्रममा आज चन्दनबारी आइपुगेका तीर्थयात्री । फोटोः रासस

रसुवा:     गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ वर्षिय विपीन बर्तोवाल र पोखरा निवासी ६२ वर्षिय हरिबहादुर तिवारी छन् । 


उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको थियो ।

       
गोसाइँकुण्डबाट फर्कंदै गर्दा मङ्गलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरु घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाइँकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


गत वर्षको तुलनामा लेक लाग्ने समस्यामा कमि आए पनि चार जनालाई श्रीनाथ गणका सेनाले गोसाइँकुण्डदेखि उद्धार गरी जिल्ला अस्पतालसम्म पु¥याएका थिए । उद्वारका लागि ठाउँ–ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

    
यसवर्ष स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको सहयोगबाट धुञ्चेमा  सञ्चालित ‘हेल्थ डेस्क’मार्फत दुई हजार २० जनालाई  स्वास्थ्य परीक्षण गरी लेक नलाग्ने औषधि खुवाइएको थियो । 


तीर्थयात्रुलाई रेडक्रसको सहयोगमा जिल्ला आर्युवेदिक सेवा केन्द्रले दुई सय ४०, नेपाली सेनाको श्रीनाथ गणले चोलाङ पाटीबाट दुई हजार १७, गोसाइँकुण्ड गाउँपालिका र स्वास्थ्य कार्यालयले लौरीविनायकमा शिविर सञ्चालन गरी नौ सय ५० जनालाई प्राथमिक उपचार एवं परामर्श दिएको जिल्ला स्वास्थ्य प्रमुख भीमसागर गुरागाईंले जानकारी दिनुभयो ।

    
जनैपुर्णिमामा हेलिकप्टरबाट गोसाइँकुण्ड जान खोजेका तीर्थयात्री भने प्रतिकुल मौसमका कारण जान सकेनन् । खराब मौसमले उडान गर्न नसकिएको अल्टिच्युड एयरका निर्देशक एवं वरिष्ठ क्याप्टेन विवेक खड्काले जानकारी दिनुभयो । 

    
नागपञ्चमीदेखि जनैपूर्णिमासम्म एघार हजार तीर्थयात्री गोसाइँकुण्ड पुगेको र यस क्षेत्रमा आठ करोड बराबरको व्यापार भएको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष निसान गजुरेलले बताउनुभयो । 


मेलामा व्यापारीले महङ्गो मूल्य असुल गरेको गुनासो बढेको छ । गोसाइँकुण्ड मेला सफल पार्न सबै क्षेत्रबाट सहयोग प्राप्त भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो ।

काठमाडौं:  उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र ब...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ परेका छन् । मकवानपुरगढी गाउँपालिका–५ बुङदोलस्थित ससुरालीमा बस्दै आएका ४५ वर्षीय मानबहाद...

थप पढ्नुहोस्

काठमाडौं:  देशका विभिन्न स्थानमा भइरहेको वर्षाका कारण जलसतह बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । भक्तपुरको हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता ...

थप पढ्नुहोस्