बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडाैं | असार २६, २०७९

बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । 

 

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो । 

 

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो । 

 

‘‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु ।’’

 

त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ । 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्।  त्रिविबाट यस नर्ष स्ना...

थप पढ्नुहोस्

काठमाडौं:  कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

थप पढ्नुहोस्

काठमाडौं:  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म ...

थप पढ्नुहोस्