‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’

काठमाडाैं | असार २५, २०७९

‘ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयत गर्दैन’


काठमाण्डौँ:     ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको छ । 

    

केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो । “सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।

  

 “बिनाआधार हाम्रो कम्पनीको मान हानि हुनेगरी प्रकाशित÷प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ । 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्