रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

पाेखरा | साउन १७, २०८१

रजत वर्ष मनाउने तयारीमा फोनिज गण्डकी

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ । 


सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ । 


सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाई गरिनेछ । 


साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । 


खेलकुद उपसमितिमा संयोजकमा फोनिज गण्डकी सचिव अर्जुन गाहा ‘सुशान्त’ संयोजक र सदस्य प्रविन मगरलाई सहसंयोजक तोकिएको छ । खेलकुद उपसमितिमा कृष्ण आले, मणिलाल गुरुङ, सुरज थापा, सुमन थापामगर, गिता राना र दिलप्रसाद गुरुङ सदस्य छन् । सोही दिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुनेछ ।  


रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महासचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ । 


उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कारसहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए । 
 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्