विन्ध्येश्वरी आदर्श स्कुलमा नेपाली हिज्जे प्रतियोगिता
पाेखरा | साउन १७, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको हो ।
हिज्जे प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्राहरुद्वय ममता गुरुङ , प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भएका छन् ।
प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

