पोखरामा इभी कार दिपलको बुकिङ खुल्यो, मूल्य कति ?

पाेखरा | साउन १७, २०८१

पोखरामा इभी कार दिपलको बुकिङ खुल्यो, मूल्य कति ?

पोखरा:  नेपाली बजारमा लोकप्रिय बन्दै गएको चिनियाँ विद्युतिय गाडी  दिपल (DEEPAL) को पोखरामा पनि बुकिङ खुलेको छ ।

 

नेपालको आधिकारीक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि हिमालय अर्गानाइजेशन अन्र्तगतको हिमालय मोटरक्स प्रा.लि. आधिकारिक विक्रेताको रुपमा जिम्मा दिएको छ ।

 

पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिले बुकिङ खुला गरिएको प्रालिका जनरल म्यानेर मनोज इटानीले बताए ।

 

उनका अनुसार नयाँबजारमा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गएर गाडीको बुकिङ गर्न सकिनेछ ।

 

उनले टेस्ट ड्राइभका लागि एकसाता गाडी  पोखराभित्र उपलब्ध गरिने जानकारी दिए ।

 

कम्पनीले दिपलको एस०७ र एल०७ लगायत अन्य विभिन्न आकर्षक मोडेलहरु उपलब्ध गर्नेछ ।  उनले ग्राहकले बुकिङ गरेको एक सातामै गाढी उपबल्ध गराइने बताए ।
 

दिपल एस ०७ कस्तो छ ?

 

दिपलको एस ०७ इ  एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दाबी छ ।

 

नेपालमा यो गाडिको मुल्य ७४ लाख ९९ हजार रुपैँया तोकीएको छ । सिंगल चार्जमा ४ सय १० देखि ४ सय ८५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ ।

 

एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । छोटो समयमा निकै लोकप्रिय बन्न सफल यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।

 

हिमालय अर्गनाइजेशन अन्र्तगतको आयम इन्टरकन्टिनेनटल प्रालि फोर्स मोटर्सका गाडी लागि नेपालको आधिकारिक विक्रेता हो ।

 

विगत ३ दशक भन्दा बढि समयखि उक्त अर्गनाइजेशन अटोमोबाइल्स व्यवसायमा सक्रिय रहदैँ आएको छ ।  (बुकिङका लागि सम्पर्क ९८५६०४७६६६ वा ९८५६०३७३४९)

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्