फलोअप: पत्रकार सुरज र विनुमाथि सांघातिक आक्रमण गर्ने ४ जना पक्राउ
पाेखरा | साउन १३, २०८१
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सुरज थापा र विनु थापामाथि सांघातिक आक्रमण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् ।
अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको कास्की प्रहरीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए ।
‘मुख्य यिनै हुन् बाँकी अरुको पनि खोजी भइरहेको छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ ।’
राइड सेयरिङलाई गण्डकी सरकारले वैधनिकता दिन लागेको विरुद्धमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आजदेखि आन्दोलनमा छ ।
यो पनि पढ्नुहोस
सोही घटनाको स्थलगत रिपोर्टिङमा जादैगर्दा ग २० प ३९७३ को स्कुटरमा सवार पत्रकार सुरज थापा र विनु थापालाई पठाओ भन्दै पृथ्वीचोकमा सांघतिक आक्रमण भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

