गण्डकी प्रदेश आउने विदेशी पर्यटकको औसत बसाई १२ दिन

पाेखरा | साउन ११, २०८१

गण्डकी प्रदेश आउने विदेशी पर्यटकको औसत बसाई १२ दिन

काठमाडौँ: गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ भने उनीहरूले दैनिक ८ हजार ३५५ रुपैयाँ २९ पैसा (अमेरिकी डलर ६२.८९) रहने गरेको छ ।

 

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुुसार गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् ।

 

तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् ।

 

महादेशका आधारमा सबैभन्दा बढी यूरोपबाट पर्यटक आएका छन् ।

 

गत आर्थिक वर्ष गण्डकीमा आएका विदेशी पर्यटकमध्ये यूरोपबाट आएका ४६.२५ प्रतिशत छन् भने अमेरिकाबाट ०.७५ प्रतिशत आएका छन् ।

 

अफ्रिकाबाट भने गत वर्ष गण्डकी प्रदेशमा पर्यटक नै नआएको प्रतिवेदनमा उल्लेख छ ।

 

गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत छन् ।

 

यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४०.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् ।

 

गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

 

सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको छ । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्