पाल्पामा ९ जना जुवाडे पक्राउ, १ सय ६३ बुक तास बरामद
पाल्पा | साउन ११, २०८१
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।
तानसेन नगरपालिका ६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेका थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास बरामद गरेको छ ।
सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

