नयाँगाउँमा खुला रक्तदान कार्यक्रम गर्दै युनाइटेड किङ्स क्लब

पाेखरा | असार ३१, २०८१

नयाँगाउँमा खुला रक्तदान कार्यक्रम गर्दै युनाइटेड किङ्स क्लब

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लबले आगामी शनिबार बृहत खुला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

 

‘रक्तदान हो जिवनदान, यही हो ठुलो पुण्य काम, हामीले दिएको रगत नै हुन्छ कसैलाई जिवनदान’ भन्ने नारासहित विपद्को समयलाई  मध्यनजर गर्दै रक्तदानको आयोजना गर्न लागेको हो ।

 

यही साउन ५ गते शनिबार पोखरा १५ नयाँगाउँस्थित फ्रन्कलिंक एजुकेसन कन्सल्टेन्सीको प्राङ्गणमा रक्तदानको आयोजना गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।

 

उनका अनुसार कार्याक्रम बिहान ७ बजेदेखि सुरु हुनेछ । 

 

प्राकृतिक प्रकोप तथा विपद्को समय भएकाले रक्तदानको आयोजना गरिएको सचिव थापाले  बताए ।  

 

उक्त कार्यक्रममा रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहनेछ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्