विपद् व्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रीत गरौँ: मुख्यमन्त्री पाण्डे

यस्ता छन् प्रदेश विपद् व्यवस्थापन समितिको निर्णय

पाेखरा | असार ३१, २०८१

विपद् व्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रीत गरौँ: मुख्यमन्त्री पाण्डे

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । 
 

 

सरोकारावालाहरुबीच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा आज (सोमबार) भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएका हुन् । 

 

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षती व्यहोर्नुपरेकाले सबै संवेदनशिल हुन जरुरी रहेको बताए ।  

 

मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे । 

 

स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् व्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे । 

 

विपद्का कारण क्षति व्यहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै पितरण गर्न निर्देशन दिए ।

 

 विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले संचारक्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन तथा प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।

मनसुन सुरु भएपश्चात गण्डकी प्रदेशभित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुर्नस्थापना लगायतका विषयमा सरोकारवालाहरुबीच छलफल गरिएको थियो ।

 

यस्ता छन् निर्णयहरु

१. मनसुनजन्य विपदबाट भएको जनधनको क्षति साथै सम्भावित जोखिमबारे बैठकमा सरोकारवालाहरुबीच जानकारी एवम् छलफल गरियो।

 

२. मनसुनजन्य विपदबाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने, सम्बन्धित निकायहरुबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने।

 

३. विपद्को अवस्थामा आपतकालीन खोज, उद्धार, राहत लगायतका कार्यलाई थप प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारका सबै मन्त्रालयरआयोगरनिकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयत्मक रुपमा परिचालन गर्ने र यसको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सबै निकायमा अनुरोध गर्ने। 

 

४. मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानीरसिँचाईरपूर्वाधार विकासरस्वास्थ्य आदि विषयगत प्रदेश सरकार मातहतका मन्त्रालयरनिर्देशनालयरनिकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने। 

 

५. विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्वविद् सहितको टोलीलाई खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा लेखी पठाउने। यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायतका प्रदेशरजिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने।

 

६. मनसुनजन्य विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिंचाईका संरचनामा पुगेको क्षति र मर्मतसंभार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी आवश्यकतानुसार मर्मतसंभार एवम् पुनर्निर्माण गर्ने।

 

७. मनसुनजन्य विपदबाट भएकोरहुने सक्ने क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव छिटो छरितोरुपमा सम्पन्न गर्न तयारी अवस्थामा रहने। त्यस्ता तार, जाली तथा पाइप वा अन्य सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन दिने।
 

झापा:   जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका कैदी फरार भएसँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।       भद्रपुर नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:    बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । मिडियाले आज काठमाडौँमा पत्रकार सम्मेलनमार्फत कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले विभिन्न मुद्धामा दोषी करार भएका फरार ८६ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ ।     भदौं महिनाभर कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका ६३ जना पुरुष र २३ जना म...

थप पढ्नुहोस्