पृथ्वी राजमार्ग राती १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडाैं | असार २८, २०८१

पृथ्वी राजमार्ग राती १० देखि बिहान ३ बजेसम्म बन्द हुने

काठमाडौं:     सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राती १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।


सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।


“आगामी साउन ९ गतेसम्म हरेक दिन राती १० देखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ । विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्