म्याग्दीमा चिर्पट हानेर आफ्नै दाजुकाे हत्या, भाई सोमबहादुर छन्त्याल पक्राउ

म्याग्दी | असार २७, २०८१

म्याग्दीमा चिर्पट हानेर आफ्नै दाजुकाे हत्या, भाई सोमबहादुर छन्त्याल पक्राउ

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको आरोपमा उनकै भाई पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमाा  ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेका छन् । 

 

उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

 

प्रहरीका अनुसार घरायसी  विषयमा विवाद हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

 

सोही सूचनाको आधारमा सोमबहादुरलाई पक्राउ गरिएको हो ।

 

पक्राउ परेका सोमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्