म्याग्दीमा चिर्पट हानेर आफ्नै दाजुकाे हत्या, भाई सोमबहादुर छन्त्याल पक्राउ

म्याग्दी | असार २७, २०८१

म्याग्दीमा चिर्पट हानेर आफ्नै दाजुकाे हत्या, भाई सोमबहादुर छन्त्याल पक्राउ

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको आरोपमा उनकै भाई पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमाा  ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेका छन् । 

 

उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

 

प्रहरीका अनुसार घरायसी  विषयमा विवाद हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

 

सोही सूचनाको आधारमा सोमबहादुरलाई पक्राउ गरिएको हो ।

 

पक्राउ परेका सोमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्