म्याग्दीमा चिर्पट हानेर आफ्नै दाजुकाे हत्या, भाई सोमबहादुर छन्त्याल पक्राउ
म्याग्दी | असार २७, २०८१
म्याग्दी: जिल्ला प्रहरी कार्यालय म्याग्दीले धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या गरेको आरोपमा उनकै भाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमाा ३९ वर्षीय सोमबहादुर छन्त्याल रहेका छन् ।
उनलाई बुधबार बिहान इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घरायसी विषयमा विवाद हुँदा सोमबहादुरले दाउराको चिर्पटले प्रहार गर्दा धनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।
सोही सूचनाको आधारमा सोमबहादुरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका सोमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्धामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

