काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु
काभ्रेपलाञ्चोक | असार २२, २०८१
सांकेतिक तस्वीर
काभ्रे: काभ्रेमा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाउँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको स्थानीय भ्याकुरे खोला तर्ने क्रममा एक वृद्धा र एक बालिकालाई खोलाले बगाएको थियो । रोशी गाउँपालिका ११ स्थित भ्याकुरे खोला तर्ने क्रममा बगाएर सोही स्थान बस्ने ६५ वर्षीया जालमाया रुजालमगर र उनकी भदैनी ५ वर्षीया सेतीमाया रुजालमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ ७ बजेको समयमा खोला तर्ने क्रममा उनीहरुलाई बगाएर ९०० मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

