फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडाैं | असार २२, २०८१

फ्रान्स युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं:     पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो ।


जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो ।


यसअघि भएको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २(१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।


शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।

काठमाडौं:    अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।  अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ प...

थप पढ्नुहोस्

काठमाडौं:     बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।      नवदुर्गामध्येकी तेस्रो देवी...

थप पढ्नुहोस्