धादिङ स्पोर्टस क्लबलाई क्लबस्तरीय महिला भलिबलको उपाधि
पाेखरा | असोज १५, २०८१
पोखरा: पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ ।
छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो ।
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्दै धादिङले उपाधि जितेको हो ।
यो पनि पढ्नुहोस
उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनबीच केही समयमा उपाधिका लागि प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...


