धादिङ स्पोर्टस क्लबलाई क्लबस्तरीय महिला भलिबलको उपाधि

पाेखरा | असोज १५, २०८१

धादिङ स्पोर्टस क्लबलाई क्लबस्तरीय महिला भलिबलको उपाधि

पोखरा:   पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ । 


छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको क्लबस्तरीय भलिबल प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 


धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो । 
तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले जित्दै धादिङले उपाधि जितेको हो । 


 

यो पनि पढ्नुहोस

 


उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त गर्नेछन् । 


यस्तै पुरुषतर्फ गल्कोट स्पोर्टस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनबीच केही समयमा उपाधिका लागि प्रतिस्पर्धा हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । 
 

धादिङ:     जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनका चालकलाई कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरोका चालक कारबाही पर्ने गरेका छन् ।      ...

थप पढ्नुहोस्

ललितपुर:    गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् ।  तर उनीहरुमा जति बाढीक...

थप पढ्नुहोस्

सप्तरी:   सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका(१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने...

थप पढ्नुहोस्