‘एमेच्युअर फुटबल’मा बिहीबारदेखि क्वाटरफाइनलका खेल
काठमाडाैं | असोज १६, २०८१
पोखरा महानगरपालिका १५ नयाँगाउँमा जारी विकास प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिता आज प्रिक्वाटरका ९ खेल सम्पन्न भएका छन् ।
कार्यक्रम संयोजक विकास गुरुङका अनुसार आज भएको पहिलो खेलमा खाल्टे एफसीले रानीपौवा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्याे ।
यस्तै अर्काे खेलमा एके हाउसले गण्डकी प्रदेश टिमलाई ४–३ गोल अन्तरले हरायो ।
तेसो खेलमा चाउँथे एफसीले सेभेन ट एटलाई ३–२ गोलअन्तरले पराजित गर्याे ।
चौथों खेलमा ग्रुप म्यासअपले नयाँगाउँ ब्रदर्शलाई १–० को फराकिलो गोल अन्तरले पराजित गर्याे ।
पाँचौ खेलमा नव प्रतिभाले डिटिसीलाई ३–१ गोल अन्तरले पाखा लगायो ।
छैटौं खेलमा मिलन टोलले केएनबीलाई पेनाल्टीमा ३–२ गोलले पराजित गर्याे । सातौं खेलमा बिवाइसीले वी आर वनलाई १–० गोल अन्तरले हरायो ।
आठौं खेलमा एसएन ब्रदर्शले रमाइलो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
आज भएको अन्तिम खेलमा याम ब्रदर्शलाई प्रिस्कियस ब्यूटी नयाँगाउँले २–० गोल अन्तरले पराजित गर्दै क्वाटरमा प्रवेश गर्याे ।
अब बिहीबार क्वाटरसँगै सेमिफाइनलका खेल सम्पन्न हुनेछ ।
प्रतियोगितामा कुल २६ टिमको सहभागिता रहेको छ ।
नयाँगाउँ युवा क्लबको विशेष सहयोगमा पाँच दिन चल्ने सो प्रतियोगिताको विजेताले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । भने, एउटा अनुशासित टिमलाई नगद रु ५ हजार प्रदान गरिनेछ ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

