गण्डकी प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पाेखरा | असार २१, २०८१

गण्डकी प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा:    गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । 


विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 


नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ । 


मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ । 


प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उहाँको छ । 

 

मन्त्रालयले सम्मान गरेका खेलाडी


बिनिता सार्की–मोर्डन पेन्टाथलन

विशाल बस्नेत–ह्याण्डबल

राजेश बास्कोटा–जिम्न्याष्टिक

पवित्रा गुरुङ–हक्की

योगेन्द्र थापा–उशु

रेखमायाँ गुरुङ– तेक्वान्दो

संदिप बराल–फेन्सिङ

प्रियाङ्का बर्मा–बक्सिङ

विवेक हमाल–बडीविल्डङ्ग

प्रदिप रेग्मी– मेन्स स्पोर्टस फिजिक

मोनिका राना मगर–आर्चरी

रिता श्रेष्ठ थापा–प्याराग्लाइडिङ

विजय महतो–सेपाक ताक्रो

मनोज श्रेष्ठ–कराते

सुरज सुनार–आइटिएफ तेक्वान्दो

ऋषीसरा थापा– एथलेटिक्स

चित्र बहादुर थापा–खोखो

पुनम गुरुङ–व्याडमिन्टन

रुपक नेपाली–फुल कन्ट्याक्ट कराते

मुना थापा–टेबुल टेनिस

पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...

थप पढ्नुहोस्

काठमाडौं:  तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...

थप पढ्नुहोस्

गण्डकी:  लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...

थप पढ्नुहोस्