जर्मनीलाई स्तब्ध पार्दै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

काठमाडाैं | असार २२, २०८१

जर्मनीलाई स्तब्ध पार्दै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

काठमाडौं:     आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो ।


निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो ।


११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्‍याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ प...

थप पढ्नुहोस्

काठमाडौं:     बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।      नवदुर्गामध्येकी तेस्रो देवी...

थप पढ्नुहोस्

चितवन:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ ।       चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाक...

थप पढ्नुहोस्