सेतीमदीको स्थापना दिवसमा आयोजित रक्तदानमा ५१ युनिट रगत संकलन

पाेखरा | असार २१, २०८१

सेतीमदीको स्थापना दिवसमा आयोजित रक्तदानमा ५१ युनिट रगत संकलन

पोखरा:      पोखरा महानगरपालिका–२ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ ।


आफ्नो १४ औ स्थापना दिवस सगै १०२ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शेयर सदस्य, कर्मचारीसँगै सर्वसाधारणले रक्तदान गरेका सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन ।


यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङलाई व्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । 


उद्घाटन पछि तिवारीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताएका थिए । सामाजीक उत्तरदायी अन्र्तगत आजको यो रक्तदान रहेको भनाई उनको थियो । तर पनि केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा समस्या आएको उनले बताए । महानगर अन्र्तगत हाल तीन सय ६३ सहकारी रहेकोमा तीन सहकारीमा समस्या रहेको भनाई उनको थियो ।  

   
रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले प्रत्येक मानिसको शरिरमा ७५ मिलिलिटर रगत रहने र त्यो मध्ये ५० मिलिलिटर मात्र शरिरका लागि आवश्य रहने बताएका थिए । स्वस्थ मानिसले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न सक्ने भनाई उनको थियो ।


यसै विच ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारी संग सहकार्य गदै हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यहरुलाई छुट दिने भएको छ । कार्यक्रममा हस्पिटलल चिकित्सक डा राम अधिकारीले हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुलाई छुट दिने जानकारी दिएका थिए ।


सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सल्लाहकार राम प्रसाद अधिकारी, सहकारीका सचिव शिवराज अधिकारी, रक्तदान कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा भनाई राखेका थिए ।
 

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ प...

थप पढ्नुहोस्

काठमाडौं:     बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।      नवदुर्गामध्येकी तेस्रो देवी...

थप पढ्नुहोस्

चितवन:     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताउनुभएको छ ।       चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाक...

थप पढ्नुहोस्