अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाडाैं | असार २१, २०८१

अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाडौं:    साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा इक्वेडरलाइ पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो ।


इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो ।


अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उपविजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन ।


विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्