लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या ५ पुग्यो

लमजुङ | असार १२, २०८१

लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या ५ पुग्यो

लमजुङ:     अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको सँख्या पाँच पुगेको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।

 

अविरल वर्षासंगै बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ बर्षिया नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

 


 

यो पनि पढ्नुहोस

 


मध्यराती गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ः३० पछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो ।


स्थानियसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पनि घटनास्थल पुगेर शव खोजी कार्य गरेका हुन् । सदरमुकामदेखि घटनास्थलसम्म पुग्दा बाटोमा पहिरोकै कारण सडक अवरुद्ध भएकोले जिल्लाबाट खटिएको सैनिक प्रहरीको टोलि घटनास्थल पुग्न निकै समय लागेको थियो ।


त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका १६ बर्षिय विकल सुनारको मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाईते भएका विकललाई उपचारको लागी लमजुङ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानियका अनुसार विकल एसईई दिएर नतिजाको पखाईमा थिए ।


सोहि पहिरोमा परेर विकलका दाजु १८ वर्षिय विमल सुनार पनि घाईते भएका छन् । घाईते सुनारको लमजुङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा पनि एकजनाको मृत्यु भएको छ । घटनाबारे जानकारी आएसँगै प्रहरी चौकी गिलुङबाट प्रहरी टोली चरागाउँ पुगेर घटनाको पुष्टि गरेको हो । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन् ।


यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो ।


चट्याङका कारण सदरमुकाम बेसीशहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेको खवर प्राप्त भएका छन् ।

काठमाडौं:     भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् । विस्फोट तमिलनाड...

थप पढ्नुहोस्

काठमाडौं:     एसईई परीक्षामा दुई विषय भन्दा धेरैमा एनजी आएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय ...

थप पढ्नुहोस्

काठमाडौं:     आईसीसी टी–२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो स...

थप पढ्नुहोस्