तालचोक: ओर्लने क्रममा बस अगाडि बढेपछि चक्कामुनि परिन् बुद्धिसरा
पाेखरा | असार १२, २०८१

कास्की: लेखनाथको तालचोकमा दमौलीतर्फ जादैं गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मृत्यु हुनेमा मादी गाउँपालिका ९ मिजुरे घई हाल पोखरा–२९ आदर्शचोक बस्ने बुद्धिसरा नेपाली रहेकी छिन् ।
पोखरा २७ तालचोकमा ग १ ख ४२२५ नम्बरको बसले हिजो (मंगलबार) बेलुकी ६: ५५ बजे ठक्कर दिँदा बुद्धिसरा गम्भीर घाइते भएकी थिइन् ।
त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले ९: ५० बजे मृत घोषणा गरेको इन्सपेक्टर शर्माले जानकारी दिए ।
उनका अनुसार बिक सोही बसबाट ओर्लने क्रममा बस अघि बढेपछि पछाडिको चक्का मुनि परेकी थिइन् ।
उनले पोखरा–२६ जलधारेका ३२ वर्षीय बस चालक कमल विकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताए ।
‘चालक र बस अहिले नियन्त्रणमा छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘ति महिला बसबाट ओर्लनले क्रममा बस अघि बढाइएको भनिएको छ सो विषयमा थप अनुसन्धान भइरहेको छ ।’
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् । संस्थागत सामाजिक उत्तरदायि...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ । ...
पर्वत: प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...