कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते
कैलाली | असार १२, २०८१
कैलाली: कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ ।
आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो ।
बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

