कैलालीमा चट्याङ लागेर दुईको मृत्यु , ६ जना घाइते
कैलाली | असार १२, २०८१
कैलाली: कैलालीका दुई स्थानमा बुधबार बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बिहान करिब साढे सात बजे जोशीपुर गाउँपालिका–३ भितरियामा चट्याङ लागेर ३१ वर्षीय जयराम डगौराको निधन भएको छ ।
आफ्नो घरदेखि करिब तीन सय मिटर टाढा खेतमा आली बनाइरहेका जयराम चट्याङ लागेर घाइते भएका थिए । दुर्घटनापछि घाइते जयरामलाई आफन्तले उपचारको लागि स्थानीय एक क्लिनिकमा पुराएकोमा उपचार क्रममा निधन भएको हो ।
बुधबार बिहान ८ बजेतिर धनगढी उपमहानगरपालिका– १८ एफगाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकको खेतमा रोपाई गरिरहेका शालिम चट्याङ लागेर घाइते भएकोमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहानको चट्याङबाट कैलालीको जानकी गाउँपालिका–४ बेलपुरका २९ वर्षीया रिता कठरिया, २३ वर्षीया सुस्मा डगौरा, भजनी नगरपालिका–६ का ५५ वर्षीय राम बहादुर चौधरी र घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत तथा १० वर्षीया खिमा कठायत घाइते भएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

