दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ
काठमाडाैं | असार ११, २०८१
काठमाडौं: भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यही असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो ।
घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ । उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ । पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको खुलेको छ ।
लुटपाटमा संलग्न एक जना फरार छन् । लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । घरका सदस्यहरुलाई डरत्रास देखाउँदै दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । आज प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

