लेकसाइडबाट १ किलो गाँजासहित संजोग र कल्याण पक्राउ

पाेखरा | असार ७, २०८१

लेकसाइडबाट १ किलो गाँजासहित संजोग र कल्याण पक्राउ

पोखरा:   पोखरा ६ लेकसाइडस्थित चकटी रेष्टुरेन्टबाट १ किलो गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

 

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा बाग्लुङ जैमिनी नगरपालिका ४ घर भएका २० वर्षीय संजोग क्षेत्री र पोखरा महानगरपालिका१७ बस्ने १८ वर्षीय कल्याण महर्जन छन् । 

 

उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएकोे छ ।

 

उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्