मझेरीपाटनबाट रवि पक्राउ: कुखुराको खोरमा लुकाएका थिए 'ड्रग्स'

पाेखरा | असार ६, २०८१

मझेरीपाटनबाट रवि पक्राउ: कुखुराको खोरमा लुकाएका थिए 'ड्रग्स'

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध 'ड्रग्स' सहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ७ स्थायी घर भई हाल पोखरा १४ मझेरीपाटनका ४३ वर्षीय रवि पौडेल रहेका छन् ।

 

वडा प्रहरी कार्यालय रामबजारलाई लागुऔषधको सञ्चय तथा विक्रीवितरण गरी रहेको भन्ने प्राप्त सूचनाका आधारमा पौडेललाई डाइजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागुऔषधसहित पक्राउ गरिएको हो ।

 

कास्की प्रहरीका अनुसार पौडेलले कुखुराको खोरमा उक्त लागुऔषध लुकाएका थिए ।

 

हाल पक्राउ परेका रविलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

चितवन:   जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला प्रहरी...

थप पढ्नुहोस्

पोखरा:    रूपा वाङ्‍मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ ।   कार्यक्रम रूपा वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष त...

थप पढ्नुहोस्

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्