मादीका पर्यटन व्यवसायीलाई 'गाउँले गाइड तालिम'
पाेखरा | असार ५, २०८१
कास्की: गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा ३४ जना पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम दिइएको छ ।
‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ कृयाशिल भिटोफ गण्डकीले गाउँ पर्यटनको प्रवद्र्धन र विकासलाई जोड दिँदै यही असार २ गतेदेखि ४ गतेसम्म तीन दिने आवासीय तालिम दिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिए ।
उनका अनुसार तालिममा मादी गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँहरू सिक्लेस, ताङतिङ, याङ्जाकोट, ठूलास्वाँरा, थामल्हाम्जा, लम्तरी डाँडा, बयरघारी लगायतका स्थानका स्थानीय सहभागी थिए ।
तालिममा डा. रामजी शर्मा, टीकाराम सापकोटा, दीपेन्द्र पहारी, सरस्वती गौतम र तारानाथ पहारीले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा प्रमाणपत्र वितरण गर्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङले मादी गाउँपालिकामा गाउँ पर्यटनका धेरै सम्भावना भएको उल्लेख गर्दै यसलाई उजागर गर्नुं अपरिहार्य भएको बताए ।
गाउँले गाइड तालिमसँगै यहाँको गाउँ पर्यटनको व्यवसायिक विकास हुने उनले विश्वास व्यक्त गरेका थिए ।
भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मादी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष हुमनाथ अधिकारी, भिटोफ गण्डकीका सल्लाहकार एवम् प्रशिक्षक टीकाराम सापकोटा, भिटोफ गण्डकीका निवर्तमान अध्यक्ष उदय सुवेदी, भिटोफ गण्डकीका प्रथम उपाध्यक्ष रमेश न्यौपाने, द्वितीय उपाध्यक्ष सुशिला भण्डारी, सचिव लक्ष्मण पहारी, मादी गाउँपालिका होमस्टे एशोसिएसनका अध्यक्ष भीमबहादुर गुरुङ, प्रशिक्षार्थीहरू केशव अधिकारी र चोकबहादुर गुरुङ लगायतले बोलेका थिए ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

