कास्कीमा नदीजन्य पदार्थ चोरी गर्ने जेसिबी र जीप नियन्त्रणमा
पाेखरा | असार ५, २०८१
कास्की: कास्की प्रहरीले मार्दी खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा दुई वटा साधनलाई नियन्त्रणमा लिएको छ ।
कास्की प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा ४ र ६ को बीचमा रहेको मार्दी खोलामा उत्खनन् गरिरहेको बा २ क ९६४७ नम्बरको जेसिबी र हेमजाबाट पोखरातर्फ आउँदै गरेको प्र ३–०१०२४ च ४२७० नम्बरलाई नियन्त्रणमा लिइएको हो ।
उक्त जिपमा अवैध रुपमा कटपिस ढुङ्गाहरु फेला पारेकाले सम्बन्धित कागजपत्र नभएकाले आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

