नवलपरासीबाट लागूऔषधसहित  भारतीय नागरिक पक्राउ

नवलपरासी | असार ४, २०८१

नवलपरासीबाट लागूऔषधसहित  भारतीय नागरिक पक्राउ

नवलपरासी:   नवलपरासीको प्रतापपुर गाउँपालिका–२ घोडाहास्थित सडकबाट एक भारतीय नागरिक अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा  भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादव रहेका छन् ।

 

उनलाई इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एवाई ५४५० नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको हो ।

 

उनको साथबाट अवैध लागुऔषध खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको छ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्