पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ

पाेखरा | जेठ ३१, २०८१

पाेखरामा नक्कली सुन देखाएर ठगी गर्ने २ भारतीय पक्राउ

पोखरा:   कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भएकी ७१ वर्षीया की प्रभा देवी र सोही स्थानकै  ४२ वर्षीय राम नारायण सुलेङी रहेका छन् ।

 

उनीहरुलाई छोरेपाटन बरकोबोट स्थित प्रहरी चौकी छोरेपाटन कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरादेखी बुटवलतर्फ जाँदै गरेको हाइसलाई रोकी चेकजाँच गर्ने क्रममा नगद रु ३ लाख ९० हजारसहित पक्राउ गरेको हो ।

 

उनीहरुले पोखरा महानगरपालिका वडा ८ सृजनाचोक स्थितमा प्लास्टिक पसल सञ्चालन गर्ने ५२ वर्षीय व्यापारीलाई सुनको माला भनी नक्कली पहेँलो धातुको माला दिई नगद रु.४ लाख लिई भागेका थिए ।

 

सोही सूचनाको आधारमा प्रहरीले हिजो दिउँसो पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सट्रसन) सम्बन्धि कसुरमा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


 

मकवानपुर:     पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  ...

थप पढ्नुहोस्

पोखरा:    पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ ।  पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार...

थप पढ्नुहोस्

धादिङ:     एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।           पानी परिरहेका बेला शरीर भिज्नबाट जो...

थप पढ्नुहोस्