सकियाे श्रमाधान रोजगार मेला (तस्बिरहरु)
पाेखरा | जेठ २२, २०८१
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा जारी श्रमाधान रोजगार मेला सकिएकाे छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहआयोजनामा पोखरा इभेन्ट सेन्टरमा चलेकाे थियाे ।
सो मेलामा विभिन्न प्रकारका शेशनहरु चल्दैछन् । दोस्रो दिन ‘शिक्षा र रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई’, ‘पर्यटनले कोर्नुपर्ने अबको बाटो’ श्रम कानूनका अप्ठेराहरु र फुकाउनुपर्ने गाँठोहरु’ बारे चर्चा गरिएको थियो ।

रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्बन्धमा डाटाबेस निर्माणमा मेलाको लक्ष्य छ ।
मेलामा विभिन्न प्रकारका स्टलहरु राखिएका थिए । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका थिए ।
सबै तस्बिर: अर्जुन गाहा (सुशान्त) मगर:-










पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

