घान्द्रुकमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङका ३ जना पक्राउ
पाेखरा | जेठ १३, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिला र होटल सञ्चालकसहित कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङका ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा घर भई घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई जवरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङ ३ जना युवालाई जेठ ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घान्द्रुकस्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरन्टमा झैझगडा भएको सूचनाका आधारमा प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीको टोलिले बागलुङको जैमिनि नगरपालिका घर भएका २८ वर्षीय भीम थापा, ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षीय तेज हमाललाई पक्राउ गरेको हो ।
घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई ईच्छा विपरित नाच्न लाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीहरुले सम्झाउँदा उल्टै बियरका बोत्तल तथा लाठ्ठी प्रहार समेत गरेर उनीहरुले घाइते बनाइएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक, हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत अभद्र व्यवहार सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

