घान्द्रुकमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङका ३ जना पक्राउ

पाेखरा | जेठ १३, २०८१

घान्द्रुकमा महिलालाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङका ३ जना पक्राउ

पोखरा:    कास्कीको अन्नपूर्ण  गाउँपालिका घान्द्रुकस्थित एक रेष्टुरेन्टमा महिला र होटल सञ्चालकसहित कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङका ३ जनालाई पक्राउ गरेको छ । 


पोखरा घर भई घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई जवरजस्ती नाच्न लगाई अभद्र व्यवहार गरेको आरोपमा बागलुङ ३ जना युवालाई जेठ ११ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


घान्द्रुकस्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरन्टमा झैझगडा भएको सूचनाका आधारमा प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीको टोलिले बागलुङको जैमिनि नगरपालिका घर भएका २८ वर्षीय भीम थापा, ३१ वर्षीय डोलनाथ पौडेल र २९ वर्षीय तेज हमाललाई पक्राउ गरेको हो । 


घान्द्रुक घुम्न गएका परिवारसहितका महिलालाई ईच्छा विपरित नाच्न लाई अभद्र व्यवहार गरेको र होटल सञ्चालक तथा कर्मचारीहरुले सम्झाउँदा उल्टै बियरका बोत्तल तथा लाठ्ठी प्रहार समेत गरेर उनीहरुले घाइते बनाइएको पाइएको प्रहरीले जनाएको छ । 


पक्राउ परेका उनीहरुलाई सार्वजनिक, हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्र्तगत अभद्र व्यवहार सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:   पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दैै ड्रागन बोट रेस खेल्न चीन पुगेको नेपाली टोलीले डबल स्वर्ण जित्दै च्याम्पियन बनेको छ ।   चीनको तिब्बतमा गत २८ गते (जुन १० तारिख) भएको दुइवट...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणिन्द्र देवकोटाको पद गएको छ ।   प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्त...

थप पढ्नुहोस्

हेटौँडा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन उद्घाटन गर्नुभएको छ ।   नेपाल विद्युत प्राधिकरणले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्...

थप पढ्नुहोस्