विरौटाबाट साढे ३४ तोला सुन चोरी
पाेखरा | जेठ १३, २०८१
पोखरा: कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ ।
कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल चोरी भएको हो ।
सुनका गहनासँग नगद रु ३ लाख ७५ हजार, आइफोन, क्यानन क्यामेरा, म्याकबुक (ल्यापटप), आइप्याड, घडी, लगायतका जिन्सी समाग्रीहरु चोरी भएको वडा प्रहरी बैदाममा निवेदन परेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
शर्माको घरमा डेरागरी बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरूसमेत चोरी भएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानबाट करिब ७० लाख बढीको चोरी भएको बताइएको छ ।
अहिले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी तिब्र पारेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

