प्रहरीमा जागिर लगाउने भन्दै ठगी गर्ने पासवान पक्राउ

मोरङ | जेठ १३, २०८१

प्रहरीमा जागिर लगाउने भन्दै ठगी गर्ने पासवान पक्राउ

मोरङ:    नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।

 

प्रहरीका अनुसार पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिएका थिए ।

 

सो सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

 

पासवानविरुद्ध ठगी सम्बन्धि कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप  आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्