प्रहरीमा जागिर लगाउने भन्दै ठगी गर्ने पासवान पक्राउ
मोरङ | जेठ १३, २०८१
मोरङ: नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका–३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।
प्रहरीका अनुसार पासवानले कटहरी गाउँपालिका–५ का १ जना व्यक्तिलाई प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिने भन्दै ३ लाख ३० हजार रूपैयाँ नगद लिएका थिए ।
सो सूचना अनुसार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पासवानविरुद्ध ठगी सम्बन्धि कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

