नदीजन्य पदार्थ चोरी गर्ने टिप्पर अकलाबाट नियन्त्रणमा

पाेखरा | जेठ १३, २०८१

नदीजन्य पदार्थ चोरी गर्ने टिप्पर अकलाबाट नियन्त्रणमा

पोखरा:  कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ ।

 

माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।

 

वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले  जनाएको छ ।

 

यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।


 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्