नदीजन्य पदार्थ चोरी गर्ने टिप्पर अकलाबाट नियन्त्रणमा
पाेखरा | जेठ १३, २०८१
पोखरा: कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ ।
माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले जनाएको छ ।
यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

