पोखरामा पर्यटकको झोला तान्ने ७ जना पक्राउ
पाेखरा | जेठ ७, २०८१
पोखरा: पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले पर्यटक तथा स्थानीयहरुलाई अनावश्यक रुपमा दुःख हैरानी दिएको आरोपमा आज ७ जनालाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–९ स्थित लखनचोक (पृथ्वीचोक) बसपार्क एरियामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुल होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने तथा लागूऔषध पदार्थ सेवन गरी होेहल्ला गरी स्थानीयहरुलाई समेत दुःख हैरानी दिएको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, पोखरा–९ बस्ने २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय विक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चिरी, २० वर्षीय लक्ष्मण सिंह, २२ वर्षीय विकाश श्रेष्ठ र २८ वर्षीय साजन परियार छन् ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

