पोखरामा विद्यालय तोडफोड गरी ल्याप्टप चोरी गरेको आरोपमा ४ बालक पक्राउ
पाेखरा | बैशाख ३०, २०८१
पोखरा: पोखरा महानगरपालिका ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तोडफोड गरी ल्याप्टप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको छ ।
विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्याप्टप, ईलेक्ट्रोनिक डिभाईसहरु चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको हो ।
पोखरा ३३ बरपाण्डेथुमस्थित शान्ती उदय उच्च माविको कार्यालय,कक्षाकोठा तथा कम्प्युटर ल्याव शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पन्नीका १० थान ल्याप्टप,७ थान चार्जर, ५ थान माउससहित ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले टोलिले बालकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

प्रहरीले चार बालको साथबाट बरामद गरेको चोरी भएको सामान । फोटो: कास्की प्रहरी
उनका अनुसार बालकहरुले विद्यालयको ल्याप्टप, कम्प्युटर,सिसि क्यामेरा, सिसिटिभि मटिनर, लाईट, प्रोजेक्टर,साउण्ड स्पीकर कन्ट्रोलर,स्टेशनरी कागजातमा समेत क्षति पुर्याएको बताए ।
विद्यालय तोडफोड गरी ल्याप्टप लगायतका सामान चोरी गरेको आरोपमा प्रकाउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

